कोरोना भाइरस (कोभिड-१९) का कारण पूर्वनिर्धारित लिखित परीक्षा नलिई विद्यालयलाई नै आन्तरिक मूल्याङ्कन गर्न जिम्मा दिइएको एसईईको नतिजा सार्वजनिक गरिएको हो ।
वि.सं. २०७६ सालको एसईईमा चार लाख ८२ हजार ९ सय ८६ जना विद्यार्थीले परीक्षाका लागि आवेदन फाराम भरेकोमा चार लाख ७२ हजार ७८ जना विद्यार्थीको प्रमाणिक प्राप्ताङ्क विवरण मात्रै प्राप्त भएको बोर्डले जनाएको छ । विद्यालयबाट आएको विद्यार्थीको प्राप्ताङ्कलाई संकलन, रुजु, ग्रेडिङ गरी नतिजा प्रमाणिकरण गरिएको बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।


