आज थप भएका संक्रमितसँगै उपत्यकामा कोरोना संक्रमण हुनेको संख्या २ हजार १३४ पुगेको छ । जसमा काठमाडौं जिल्लामा १ हजार ७०५, ललितपुरमा २८२ र भक्तपुरमा १४७ जना रहेको छ । २४ घण्टामा ११ हजार ५२० जनाको पीसीआर परीक्षण गर्दा देशभर ५८१ लाई कोरोना पुष्टि भएको थियो ।आज थपिएका संक्रमितसँगै देशभर कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । सोमध्ये निको हुनेको संख्या १७ हजार ४९५ रहेको छ । २४ घण्टमा १६० जना डिस्चार्ज भए । हाल १५ हजार १९८ जना क्वारेन्टिनमा बसिरहेका छन् ।
९ हजार ६३९ सक्रिय संक्रमितमध्ये ११३ जना आइसीयू र ६ जना भेन्टिलेटरमा रहेका छन् । भेन्टिलेटरमा रहेका संक्रमित बागमती प्रदेशमा रहेका छन् । यसैबीच आज थप ३ कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार रौतहटका ३२ वर्षका पुरुष, मोरङका ६० वर्षका वृद्द र काठमाडौंकी ५८ वर्षकी महिलाको मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १०७ पुगेको छ ।


