![]() |
गोरखा, बुधबार, १ पौष २०७७ । गोरखामा रात्री बस दुर्घटना हुँदा ३ जना घाइते भएका छ्न । घाइतेमध्य २ जना पुरुष र १ जना महिला रहेका हुन । ३० जना जति यात्रु सबार रहेको थिए ।
भिमसेन थापा गाउँपालिकाको तान्द्राङमा काठमाण्डौबाट गोरखाकाे सोती माछिखोला जादै गरेको रात्री सेवा बस बिहान करिब ४ बजे दुर्घटना भएको बताइएको छ ।
उक्त बसमा सवार मध्य ३ जनालाई चोट लागेको छ भने अन्य सवार ब्यक्ति सकुसल रहेका छन ।
ग १ ख ९४४६ नम्बरको यात्रुवहाक बस तान्द्राङ सिमलाफेदको मुरलीचोक नजिकै दुर्घटनामा परेको एक स्थानीयले गोरखापाटि लाई बताए।


