वालिङ नगरपालिका वडा नं १४ स्थित तमादीमा एक घर पुरिदा एकै परिवारका ८ जना सहित ९ जनाको मृत्यु भएको वालिङ नगरपालिकाका नगर प्रमुख दिलिप प्रताप खाणँले जानकारी दिनुभयो। एक जनाको जीवतै उद्धार गरिएको उहाले बताउनुभयो ।
पहिरोले अर्को एक घरमा पनि क्षति पुर्याएको छ । मृत्यु हुनेहरुको पहिचान हुन सकेको छैन् । क्षतीबारे थप विवरण आउन बाँकी रहेको छ ।


