प्रवक्ता डा. गौतमले हालसम्म ३३ हजार ८८२ जना कोभिड–१९ सङक्रमित निको भएर घर फर्केकाे बताउनुभयाे । पछिल्लो चौबीस घण्टामा नाैसय १८ जना निकाे भएका छन् ।
आइसाेलेसनमा १५ हजार २५ रहेका छन् । क्वारेन्टिनमा पाँचहजार ४८० जना सङ्क्रमित रहेका छन् ।
पछिल्लो चौबीस घण्टामा छ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा तीनसय १२ जनाकाे काेराेना भाइरसका कारण मृत्यु भएकाे छ ।


