प्रवक्ता डा. गौतमले निको हुन दर ६५ प्रतिशत पुगेको र हालसम्म ३० हजार ६७७ जना कोभिड–१९ सङक्रमित निको भएर घर फर्केका छन् । पछिल्लो चौबीस घण्टामा एकहजार ७३६ जना निकाे भएका छन् ।
आइसाेलेसनमा १६ हजार २५९ रहेका छन् । क्वारेन्टिनमा चारहजार ७३९ जना सङ्क्रमित रहेका छन् ।
पछिल्लो चौबीस घण्टामा ११ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा तीनसय जनाकाे काेराेना भाइरसका कारण मृत्यु भएकाे छ ।


