‘धान गोड्ने बेला छ । किसानले मल पाएनन् । सरकार किसानप्रति गम्भीर भएन,’ उनले भने, ‘जनतामाथी भ्रमको खेती छरेको छ । मलाई चिन्ता लागेको छ । तत्कालै मल उपलब्ध गराओस् ।’
अहिले धानखेतीमा मल नहुँदा पहेंलिन थालिसकेको किसानहरुको गुनासो छ । सांसद दवाडीले अहिले नै गम्भीर नभए धान उत्पादन घट्ने र भोकमरी लाग्न सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराए ।
उनले मल आयातमा भएको ढिलाई र अनियमितताबारे छानवीन गर्न पनि माग गरेका छन् । सांसद दवाडीले सोही अवसरमा विज्ञप्ती मार्फत हरितालिका तिजको शुभकामना दिए ।


