युट्युब च्यानल ‘सुनौलो नेपाल टिभी’सँगको अन्तर्वार्तामा डा.कोइरालाले उपप्रधानमन्त्री पोखरेलको बदनाम गर्न खोजिएको बताए ।
‘सम्धी हुन नपाइने ? बुहारी हुन नपाइने ? ज्वाइँ हुन नपाइँने ?’, उनले भने, ‘मैले पीएचडी गर्दा ईश्वर पोखरेलले गरेको त होइन होला ? उहाँसँग सम्बन्ध जोडिनु अगाडि पनि विभिन्न नियुक्तिहरू पाएँको थिएँ । त्यसमा पनि उहाँको सहयोग थियो र ?’
नेपाल आयल निगम, नेपाल खाद्य संस्थान, उच्च माध्यामकि शिक्षा परिषद्, मध्यपश्चिमाञ्चल विश्वविद्यालय लगायतमा जिम्मेवारी सम्हालेका बेला राम्रो काम गरेको बताए ।
डा.कोइरालाले आफ्नो योग्यता र क्षमताले राष्ट्रिय वाणिज्य बैंकको सदस्य र त्यसपछि अध्यक्ष बन्ने प्रक्रियामा रहेको बताए ।
उनले आफूविरुद्ध समाचार लेख्ने पत्रकारहरू कहिँ कतैबाट परिचालित भएको बताए । ‘मेरोविरुद्ध समाचार लेख्ने पत्रकारहरू मसँग आँखा जुधाएर कुरा गर्न सक्दैनन्’, उनले भने, ‘ती पत्रकारहरू कतैबाट परिचालित छन् ।


