आज राष्ट्रकवि घिमिरेको निधन भएको उहाँकी बुहारी विजेता घिमिरेले बताउनुभयाे ।
लामाे समयदेखि स्वासपश्वासमा समस्या देखिए पछि विगत ४ महिनादेखि अक्सिजन दिएर घरमा नै उपचार गरिएको थियो । केहि समय हस्पिटलको उपचारपछि अहिले उहाँको इच्छा अनुसार घरमै निगरानीमा राखेर उपचार गरिएको थियो ।
राष्ट्रकवि घिमिरेको मुटु र नाडीको धड्कनमा समस्या देखिएको थियो ।


