युवतीले राति साढे १ बजेतिर आत्महत्या गर्न लागेको सूचना पाएपछि
तुलसीपुरबाट इन्सपेक्टर झलकप्रसाद शर्माको कमाण्डमा प्रहरी टोली रानीजरुवा
प्रस्थान गरेको थियो । तर, घर पत्ता लगाउन नसक्दा बिहीबार बिहान ३ः३० बजेमात्र
प्रहरीको टोली युवतीको घरमा पुगेको थियो । कोठाभित्र युवती सिलिङ फ्यानमा
झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
ती युवतीले फेसबुकमा लाइभ गरेर घाँटीमा पासो लगाउँदा फेसबुकमा कमेन्ट
गर्नेहरुले त्यसो नगर्न सुझाव दिएको देखिन्छ । तर, रातिको समय भएकाले युवतीले
आत्महत्या गर्न लागेको कुरा घर परिवार र छिमेकीले थाहा पनि नपाएको प्रहरीको भनाइ
छ ।


