गोरखामा एक कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ९९ पुग्यो
असार २६, गोरखा । गोरखामा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सिरानचोक गाउँपालिकाका २९ बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज स्वाब परिक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।
ती युवा भारतबाट फर्किएर असार ८ गतेदेखि चित्रेपोखरी मावि क्वारेन्टाइनमा रहेका गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक रामचन्द्र पाण्डेले जानकारी दिनुभयो ।
आज संक्रमण पुष्टि भएका एक जनासँगै गोरखामा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।


