२२ असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ । घिसिङका बुवा कृपासिंह घिसिङको गएराति देहवसान भएको छ ।
९८ वर्षका घिसिङ राती बाथरुम जाने क्रममा बेहोस हुन पुगेका थिए । मेडिकेयर अपस्तालमा लगिएका उनको राति १० बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
घिसिङका कुलमानसहित ६ जना छोरा र ३ जना छोरी छन् । घिसिङको तामाङ संस्कार अनुसार काठमाडौंको स्वयम्भूमा अन्तिम संस्कार गरिने छ ।
घिसिङको स्थायी घर रामेछापको सुनापति गाउँपालिकास्थित बेथान गाउँ हो ।