गोरखा बोर्लाङ घर भएका बालाजु बृत्तमा कार्यरत प्रहरी निरीक्षकमा कोरोना संक्रमण
गोरखा २७, असार । बालाजु बृतमा कार्यरत एक जना प्रहरीमा कोरोना संक्रमणको पुष्टी भएको छ गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङ घर भई महानगरीय प्रहरी बृत बालाजुमा कार्यरत प्रहरी निरीक्षकलाई कोरोना संक्रमणको भएको हो ।
शुक्रबार नमुना परीक्षणका क्रममा उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो ।
विगत एक वर्षदेखि कार्यरत कार्यालयमै रहेर काम गरिरहेका उनमा कोरोना देखिएपछि वृत्त मातहतका सबै प्रहरी कर्मचारीको पीसीआर जाँच गर्ने तयारी भएको भइरहेको छ ।
कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनलाई बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । उनको कुनै ट्राभल हिस्ट्री भने छैन ।
नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा असार २४ गते ५६ जनाको पीसीआर परीक्षण गरिएकोमा उनको मात्र पोजेटिभ आएको काठमाडौँ परिसरले जनाएको छ । उनीहाल काठमाडौंं जिल्ला, टोखा नगरपालिका ११ मा बस्दै आएका छन् ।


