गण्डकी प्रदेशका ११ वटै जिल्लामा कोरोना भाइरस पुगेको छ ।
शनिबार मात्रै गण्डकी प्रदेशमा १ सय ८ जनामा कोरोना भाइरस पुष्टि भएको छ । शनिबार साँझ कोरोना भाइरस पुष्टि हुनेमा मुस्ताङसहित तनहुँ, बागलुङ र नवलपुरका छन् ।
बागलुङका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा गल्कोट नगरपालिकाका २० देखि ५१ वर्ष उमेर समूहका ८ जना पुरुष छन् । बागलुङकै ताराखोला गाउँपालिका, बुलिङटार, ढोरपाटन गाउँपालिकामा १/१ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । अर्का एकजनाको भने ठेगाना नखुलेको निर्देशनालय निर्देशक विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।
त्यस्तै नवलपुरको मध्यविन्दु गाउँपालिकाका १८ जनामा कोरोना भाइरस पोजेटिभ भेटिएको छ । उनीहरु ३ देखि ३९ वर्ष उमेर समूहका १४ जना पुरुष हुन् भने सोही गाउँपालिकाकै २१ र ३५ वषर्ीय महिलामा कोरोना पुष्टि भएको छ ।
तनहुँको ब्यास नगरपालिकाका २७ वषर्ीय पुरुष र ४० वषर्ीय महिलामा संकमण पुष्टि भएको छ ।
संक्रमित सबै भारतबाट फर्किएका हुुन् । सम्बन्धित जिल्लाको क्वारेन्टिनमा रहेकाले जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको डा विनोदविन्दु शर्माले जानकारी दिए ।
यसअघि शनिबार विहान १९ महिने शिशुसहित ५८ जनामा कोरोना भाइरस पुष्टि भएको थियो ।
गण्डकीमा कोरोना संक्रमितको संख्या ४८८ पुगेको छ । उनीमध्ये ३९ जना निको भइ घर फर्किसकेका छन् भने एक जनाको कोरोनाका कारण मृत्यु भएको छ ।