गोरखा
- गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३८ पुगेको छ । राष्ट्रिय
जनस्वास्थ्य प्रयोगशाला टेकु, भरतपुर अस्पताल र पोखरामा गरिएको परिक्षणका
क्रममा नयाँ ५८ जना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय, गण्डकी
प्रदेशले जनाएको छ ।
तनहुँका २५ जना, नवलपुरका १६ जना ,
गोरखाका ५ जना, म्याग्दीका १ जना, कास्कीका २ जना, स्याङजाका १ जना र
बाग्लुङका ८ जना ७ जिल्लामा ५८ जना संक्रमित शनिवार थपिएका छन ।